बाग्लुङमा पहिरो : एकको मृत्यु, एक घाइते,सात बेपत्ता

 कोरखबर   २८ भदौ, २०७७



बागलुङ । जैमिनी नगरपालिका बागलुङमा शनिबार राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । सात जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका–१ कुस्मीसेरामा पहिरोले घर पुरिँदा लक्ष्मी पौडेलको मृत्यु भएको प्रहरीले बतायो । उनका श्रीमान मणिभद्र उपाध्याय गम्भीर घाइते भएका छन् । सडक निर्माणका क्रममा खनिँदा उक्त पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोले वडा नं. १ टुनीबोटका ३ घरमा क्षति पुगेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post