एक युवाले गरे घाँस कात्ने हसियाले छातीमा रोपेर आत्महत्या

 कोरखबर   २७ भदौ, २०७७



काठमाडौं । उदयपुरमा एक युवाले धारिलो हतियारले छातीमा रोपेर आत्महत्या गरेका छन्। शुक्रबार रौतामाई गाउँपालिका ५ आँपटारका २१ बर्षिय मणिकुमार राईले छातिमा घाँस काटने हसिया प्रहार गरी आत्महत्या गरेका हुन्।

मानसिक समस्यबाट ग्रसित रहेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए। हसियाले छातिमा रोपेर भुईमा ढलेको देखेपछि परिवारका सदस्यले हसिया निकालका थिए।

उपचारका लागि सदरमुकाम लैजाने तयार गर्दा उनको मृत्यु भएको एसपी दाहालले बताए। उनको शव पोष्टमार्टका लागि सदरमुकाम ल्याउने तयारी भईरहेको उनले बताए।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post