भक्तपुरमा बाबु आमा छोरा सहित एक कुकुरको शव घरभित्र

 कोरखबर   २७ भदौ, २०७७



काठमाडौं । भक्तपुरको थिमी नगरपालिकामा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन ।

श्रीमती र छोराको हत्या गरि मृतक सुदीप आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा लगायतले अनुसन्धान गरिरहेका छन्।  घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको थियो।

‘शवको प्रकृति हेर्दा आमा–छोराको ५/६ दिन अघि नै मृत्यु भएको जस्तो देखिन्छ। सुदिपको मृत्यु भएको एक दुई दिन मात्र भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्। प्रहरीका अनुसार घरको कुनैपनि ढोकामा लक लगाइएको थिएन।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post