काठमाडौं । लुङग्री गाउँपालिका–१ रोल्पा, किलाचौरमा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ भने दुर्इ जना घाइते भएका छन्।
बर्षाका कारण गोठ भत्किएपछि सुतिरहेका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गरेको हो ।
मृतककी आमा र हजुरआमा घाइते भएका छन्। मृतकका आमा सामान्य घाइते भएको र हजुरआमा लाई उपचारका लागि सुलिचौरतर्फ लगिएको प्रहरीले बताए ।