जातीय विभेद एबम कुटपिटबाट थुनुवा श्रेष्ठ दम्पतीको शुक्रबार रिहा

 कोरखबर   २७ भदौ, २०७७



काँकडभिट्टा । झपाकी एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट एवं दुर्व्यवहारको घटनामा संलग्न मेचीनगर १३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठलाई जिल्ला अदालत झापाले जनही ३ लाख धरौटी बुझाए बापत शुक्रबार छाडेको छ ।

नेपाली सेनामा अवकाशप्राप्त गरेका श्रेष्ठ र उनकी पत्नीले चन्द्रकलालाई गत भदौ ८ मा कुटपिट गरेका थिए । गर्भवती चन्द्रकलालाई पेटमा धक्का पुग्ने गरी कुटपिट गरेकी थिइन् । चन्द्रकलाका श्रीमान सुमन खातीलाई समेत कुटपिट गरिएको थियो । जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पत्तीविरुद्ध गत भदौ ९ मा इलाका प्रहरी कार्यालय धुलाबारीमा जोहरी दिए पछी कामकारबाहीमा श्रेष्ठ दम्पती परेका थिए ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post