मेथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योग कारबाहीमा !

 कोरखबर   २७ भदौ, २०७७



२७ भदौ,काठमाडौँ। औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् ।

विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएकोले स्यानिटाइजर उत्पादन गरेका उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारीगरेको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएपछि कारबाही गरेको हो ।

भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्याण्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजीन सोप एण्ड केमिकल प्रा।लिको इन्सटेन्ट ह्याण्ड सेनिटाइजर ओरिजलन, आधार केमिकल्स एण्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्स सेनिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजमा मेथानोल भेटिएको हो । विभागले ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६’ विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।

विभागले कम्पनीहरुलाई स्यानिटाइजरको मापदण्ड तयार गरेर विभागमा दर्ता गर्न सूचीकृत गरेको थियो । विभागले तोकेको मापदण्डमा स्यानिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइन्न ।

कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ । ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने विभागले जनाएको छ । पत्र-पत्रिका  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post