दाना उद्योगका ट्रक चालक ट्रकभित्र मृत अवस्थामा भेटिए ।

 कोरखबर   २७ भदौ, २०७७



काठमाडौं । एक ट्रक चालक शनिबार बिहान मृत फेला परेका छन्। मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित कुखुराको दाना उत्पादन उद्योगमा ढुवानी गर्ने ट्रकका चालक इन्द्रजीत मण्डल मृत फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। बीआर ११ जीए ०७६१ नम्बरको ट्रकका चालक भारतको विहार पूर्णियाका ३७ वर्षीय मण्डल रहेको प्रहरीले जनाएको छ ।

नेपाल वेल होप एग्रिटेक प्रालि अन्तर्गतको विजय पेलेट दाना उद्योगका लागि ट्रक चालक मण्डलले भारतबाट मकै ढुवानी गर्ने गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post