बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ !

 कोरखबर   २७ भदौ, २०७७



धादिङ – धादिङमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए । बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post