पाल्पामा पहिरोमा परि दुई बालबालिकाको मृत्यु

 कोरखबर   २७ भदौ, २०७७



काठमाडौं । गएराती १२ बजे पहिरो खसेर घर पुरिँदा रोल्पामा दुई बालकको ज्यान गएको छ ।

पाल्पाको लुङग्री गाउँपालिका- १, ऐपे गाउँमा घरमाथिबाट ढुंगासहितको पहिरो खसेकाे थियाे । घरमा सुतिरहेका ११ बर्षीय युवराज घर्ती र ८ बर्षीय अमर घर्तीको पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक शहदेव डाँगीले जानकारी दिएका छन् ।

परिवारका हजुरबुबा, हजुरआमा र आमासहित ५ जना सुतेकामध्ये दुई बालकको ज्यान गएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । अन्य क्षतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post