बाटोमा हिड्ने क्रममा एक युवामाथी अन्धाधुन्ध छुरा प्रहार ।

 कोरखबर   २६ भदौ, २०७७



रौतहट । रौतहटका एक पुरुषमाथि छुरा आक्रमण  भएको छ। राजपुर नगरपालिका–२ फतुवामहेशपुर गाउँका ५४ वर्षीय सुरज मुखियामाथि छुरा प्रहार भएको छ ।

बाटोमा हिँड्ने क्रममा अन्धाधुन्ध छुरा प्रहार भएको  थिए। मुखियाले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने व्यक्ति भागेका थिए। उनीहरूलाई आफूले नचिनेको मुखियाले बताएका छन्।

छुरा प्रहारबाट सख्त घाइते मुखियालाई जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। मुखियाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी भरत श्रेष्ठले बताए।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post