गर्भवतीको पेट फुट्दा गर्भे शिशु सहित महिलाको मृत्यु

 कोरखबर   २५ भदौ, २०७७



सिन्धुपाल्चोक । जुगल गाउँपालिका –५ सिन्धुपाल्चोकमा मा एक गर्भवती महिला घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीका अनुसार भीरबाट लडेर तामाङको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । घटनाको थप अनुसन्धानका लगि  अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post