भाउजुको हत्या आरोपमा देवर पक्राउ !

 कोरखबर   २५ भदौ, २०७७



२५ भदौ, भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।  

कुटपिटपछि डिलबाट हुत्याएर आफु घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण कुमार चन्दले जानकारी दिए। राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post