बैतडी किशोरी बलात्कार प्रकरणमा थप दुईजना पक्राउ !

 कोरखबर   २५ भदौ, २०७७



भदौ २५,बैतडी । १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा बैतडी प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाका दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरिएको हो। उनीहरु दुवै जनालाई बुधबार साँझ नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

पक्राउ गरेकाहरुलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्क बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। 

सिगासकी १७ वर्षीया किशोरीमाथि विद्यालयमै पढाउने शिक्षकबाट पटक पटक बलात्कार गरेको खुलेपछि अहिले यो घटनाले चर्चा पाएको छ। घटना पहिलेकै भएपनि किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनि माथि बलात्कार भएको घटना बाहिर आएको थियो।

अहिले पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ। सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई उनलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post