व्यवसायीले असोज १ बाट सार्वजनिक यातायात चलाउने !

 कोरखबर   २४ भदौ, २०७७



२४ भाद्र ,काठमान्डौ । ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।यसबारे औपचारिक निर्णय बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए ।

कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ । यस अतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताए ।

गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएपछि लामो दूरीका सवारी साधन पनि सञ्चालनमा आउने आशा गर्दा गर्दै सरकारले निर्णय नदिदा सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको करोडौँको लगानी जोखिममा परेको व्यवसायीहरूको गुनासो छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post