बालिकालाई बलात्कार गरि आफूसङ्ग बिवाह गर्न दवाब दिने एक सेना पक्राउ

 कोरखबर   २४ भदौ, २०७७



विराटनगर : मोरङका अवकाश प्राप्त एक भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गरिरहेको घटना बाहिरिएको छ। आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार गरिरहेको खुलेपछि प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपाललाई बुधबार पक्राउ गरेको छ। दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ अभिभावकलाई सुनाएसँगै घटना बाहिरिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट आफ्नै घरमा अभिभावकसँग भाडामा बस्ने बालिकामाथि नेपालले दुई वर्षदेखि बलात्कार गरिरहेको खुलेको जानकारी दिए। नेपालविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी उनले दिए। बालिकालाई धम्की दिँदै बलात्कार गरिरहेका कारण अहिलेसम्म घटना गुपचुप रहेको पाइयो । प्रहरी स्रोतले भन्यो, ‘बालिकालाई धम्की दिँदै आफूसँग बिहे गर्नु पर्ने दबाब दिन थालेपछि घटना बाहिर आएको हो।’ प्रहरीका अनुसार बालिकाले आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार भएको बताएकी छन्।

ललाईफकाई बलात्कार गर्दै कसैलाई सुनाएमा ज्यान मार्ने र भाडामा बसेका परिवारलाई घरबाट निकालिदिने धम्कीसमेत दिने गरेका कारण बालिकाले घटनाका बारेमा बाहिर नल्याएको एसपी खड्काले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post