माहामारीमा खाद्यान्नको भाउ आकासियो

 कोरखबर   २४ भदौ, २०७७



इटली। खाद्यान्नको मुल्य दिनदिनै बढेको छ । कोरोना भाइरसको महामारीबीच इटालिमा खाद्यान्नको भाउ बढेको हो । यसले खाद्यान्न सुरक्षासम्बन्धी चिन्ता बढाएको छ । खाद्यान्नको मुल्य उच्च विन्दुमा उक्लिएको खाद्य तथा कृषि संगठन (एफएओ)को खाद्य मूल्य सूचकांकले देखाएको छ ।

योसँगै अगष्टमा सूचकांक लगातार तेस्रो महीना पनि बढेको थियो । एफएओको मूल्य सूचकांकले सबैभन्दा धेरै किनबेच हुने खाद्यान्न कमोडिटिजको मूल्य मापन गर्दछ । उच्च माग र कमजोर अमेरिकी डलरका कारण खाद्यान्नको मूल्य बढेको एफएओले बताएको छ ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post