वानटन चालक प्रहरीद्वारा एक वृद्धको हत्या,दुई जना घाइते

 कोरखबर   २४ भदौ, २०७७



रौतहट : प्रहरीको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ र दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा रौतहटको कटहरीया नपा ७ बगहिटोलका ६० वर्षीय नथुनी महत्तोको ज्यान गएको छ । सोही गाउँका ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलराका ५५ वर्षीय जगदिश महतो घाइते भएका छन् ।

प्रदेश कार्यालय जनकपुरको ना १ ग ४७९ को प्रहरीको वानटनले ठक्कर दिएको प्रहरीले जनाएको छ । वानटन चालक प्रहरी हवल्दार सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post