आप्रवासी बस्तीमा आगलागी,बस्तीका कोरोना संक्रमीत ब्याक्ती भागाभाग ।

 कोरखबर   २४ भदौ, २०७७



ग्रीस । ग्रीसको लेस्बोस द्वीपमा रहेका एक आप्रवासी बस्तीमा आगलागी हुँदा एक हजारभन्दा बढी आप्रवासी अन्यत्र सुरक्षाको भागेका छन ।

मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले बसेका थिए । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउन गरिएको थियो ।

प्रमुख शहर माइलिनका मेयर स्ट्राटोस काइटेलिसले शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएको र घरहरु क्षतिग्रस्त भएको जानकारी दिए । उनले त्यस इलाकामा रहेका करिब १२ हजार आप्रवासीलाई प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिए ।

आगलागीबाट कुनै पनि व्यक्ति घाइते भएका खबरहरु प्राप्त भएका छैनन् ।

आगलागी अबेर राति शुरु भएको तर आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । अनुसन्धान क्रम जारी रहेको प्रहरीको भनाइ छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post