काठमान्डौ उपत्यकाको निषेधाज्ञा थप्ने कि हटाउने ? निर्णय आज !

 कोरखबर   २४ भदौ, २०७७



२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा विगत तीन सातादेखि लागू गरिएको निषेधाज्ञा हटाउने या निरन्तरता दिने भन्ने विषयमा आज निर्णय हुने भएको छ ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमशः जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा सरकारले लकडाउन र निषेधाज्ञाको समय अवधि मात्रै बढाएको भन्दै जनस्तरबाट चर्को विरोध हुन थालेको छ । त्यसो त, निषेधाज्ञाप्रति व्यक्त भइरहेको चर्को विरोध बारे आफूहरु जानकार रहेको काठमाडौं उपत्यकाका प्रजिअहरुको भनाइ छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुले मंगलबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग निषेधाज्ञाबारे समीक्षा गरेका बताइएको छ । उक्त समीक्षामा प्रजिअहरु र गृहसचिवबीच जनस्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने बारे छलफल भएको जनाइएको छ ।

त्यसो त, मंगलबार ९आज०नै उपत्यका मेयर फोरमले राजधानी प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने प्रस्ताव गरेको छ । यस अगाडि थप गरिएको निषेधाज्ञा २४ गते ९भोलि० राति १२ बजे सकिदैछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post