तिन वटा वडाबाट तेहोरो भत्ता थाप्दै वडाध्यक्ष'की आमा !

 कोरखबर   २३ भदौ, २०७७



२३, भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ ।

७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला भत्ता र अरु दुई वडाबाट ज्येष्ठ नागरिक भत्ता लिएको पाइएको छ ।

तीनवटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझेको सूचीमा उल्लेखित खनालको नाम र नागरिकता नम्बर मिलेको छ । उनले मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको एउटा बैंक खाताबाट २४ हजार रुपैयाँ र अर्को खातामा ८ हजार रुपैयाँ बुझेको पाइएको छ ।

गत आर्थिक बर्ष २०७६र७७ को अन्तिम चौमासिक र चालु बर्ष २०७७र७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता तीनवटै वडाबाट एउटै व्यक्तिको खातामा भुक्तानी भएपछि बैंकले गाउँपालिकालाई खबर गरेपछि घटना बाहिरिएको हो ।

वडाध्यक्षको आमाले तेहोरो सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि स्थानीयले गाउँपालिका कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । । ‘मनहरीका सचेत युवाहरु’ को नामबाट दिइएको उजुरीमा वडाध्यक्ष खनालले पदको दुरुपयोग गरी आमालाई तेहोरो भत्ता दिलाएको भनी कारबाही गर्न माग गरिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post