उपत्यकाको निषेधाज्ञाबारे तीनै जिल्लाका सीडीओ भर्चुअल छलफलमा !

 कोरखबर   २३ भदौ, २०७७



काठमाडौँ, २३ भदौ । काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे समीक्षा गर्न र नयाँ निर्णय लिनका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरू छलफल तथा परामर्शमा जुटेका छन् ।

जारी निषेधाज्ञा भोलि बुधबार मध्यराति सकिनेछ । त्यसअघि नै  आज सीडीओहरूसहित अधिकारीहरूले भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । आज बिस्तृत समीक्षात्मक बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

उहाँले उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिने जनाउनुभयो । समीक्षात्मक छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को संयुक्त बैठक बस्ने र गृह मन्त्रालयमा प्रस्ताव लैजाने जनाइएको छ ।

पछिल्लो समय निषेधाज्ञाका कारण जनजीवन कष्टकर हुँदै गएको भन्दै सर्वसाधारण तथा उद्योगी व्यवसायीबाट समेत गुनासो बढ्न थालेको छ । तर कोरोना संक्रमणका घटना न्यून हुनुको साटो बढ्दै जान थालेपछि अब कसरी अघि बढ्ने भन्ने चुनौती छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post