दिक्तेल सडक निर्माण गरेको २ महिनामा भत्कियो

 कोरखबर   २३ भदौ, २०७७



खोटाङ । दिक्तेलको अस्पतालचोक\मात्तिम देखि टेम्मा सडकमा गरिएको ढलान दुई महीना नबित्दै भत्किएको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण ढलान सम्पन्न भएको २ महीना नबित्दै भत्किएको हो । पूर्वाधार विकास कार्यालय उदयपुरको रू. ४४ लाख ६ हजार ३६८ लागतमा ढलान सम्पन्न गर्नेगरी अर्थ विल्डर्स कन्ट्रक्सन प्रालिले ढलानको जिम्मा लिएको थियो ।

प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आवतजावत गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि प्रयोग गरिने उक्त सडक ढलान सम्पन्न भएको २ महीना नपुग्दै भत्किएको छ । कम गुणस्तरीय सामाग्री प्रयोग गरि ढलान गरिएको कारण ढलान भत्किएको भए पनि ठेकेदार कम्पनीले भने अनेक बहाना बनाएर बच्न खोजेको स्थानीय बासिन्दाको आरोप छ ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post