होटेल संचालक युवा होटेल भित्र मृत अवस्थामा

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौं । गुल्मीमा कुटपिटबाट एक युवाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर  वडा नं १ को छिनुवामा होटल गर्दै आएका २३ बर्षीय मोती बहादुर कुवंरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युका दाजु यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्टको भनाई छ । उचेत कुवंरको उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो ।

अस्पताल नपुग्दै मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post