घरबेटीका कारण राजनीति धुमिलीने भएपछि बसाई सर्दै प्रचण्ड, गरे यस्तो संकेत !

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौँ -  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सधैं निवासका विषयमा विवादमा पर्दै आएका छन् । सम्पत्तिको नाममा अलिकति जग्गा र तीन तोला सुन भएको बताउने प्रचण्ड करोड मूल्यको घरमा बस्दै आएका छन् । त्यसैले उनको भनाइ र वास्तविकतामा फरक देखिँदै आएको छ ।

यसअघि काठमाडौंको लाजिम्पाटस्थित निवासमा बस्दै आएका प्रचण्ड एक मात्र छोरा प्रकाश दाहालको निधनपछि त्यहाँको बसाइ छाडेर हिँडेका थिए । शैलुङ कन्सट्रक्सनका मालिक समेत रहेका घरबेटी शारदाप्रसाद अधिकारीकै कारण आफ्नो राजनीति धुमिल बन्न थालेपछि प्रचण्डले खुमलटारबाट सर्ने संकेत गरेका छन् ।

आइतबार राति जनता टेलिभिजनमा दिएको अन्तर्वार्तामा प्रचण्डल आफूले नयाँ घर खोज्न थालेको रहस्य खोलेका हुन्। ठेकेदार अधिकारीका हरेक काममा प्रचण्ड मुछिँदै आएका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ।

अन्तर्वातामा प्रचण्डले अधिकारीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै भने, ‘मैले अर्को घर खोज्न थालेको छु। घरबेटीले के लिन्छन् के गर्छन मलाई थाहा छैन। यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्।

म सँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा मैले कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’ बुझिएअनुसार प्रचण्डलाई नयाँ घर खोज्ने काम बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले गरेका छन् ।

स्रोतका अनुसार उनै प्रसाइको घरमा सर्ने बुझिएको छ। उनको प्रचण्डसँग निकै राम्रो सम्बन्ध रहेको छ । -मिडिया डबली



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post