प्रधानाध्यापकको अपहरणमा सङ्लग्न थप एक युवा पक्राउ

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौं । प्रधानाध्यापक अपहरण गरेको आरोपमा विप्लव समूहका थप एक कर्याकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार काठमाडौंबाट अन्दाजी ३०-३२ वर्षीय राजिव सुनुवारलाई पक्राउ गरेको डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

भदौ १३ गते विप्लव समूहका करिब १५ जनाले तीन पाटन गाउँपालिका-८ तीलपुङडाडाँस्थित भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीको अपहरण भएको थियो ।


विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै गरेको बेला अपहरण गर्ने तयारीमा रहेका अपहरणकारीलाई  स्थानीय तथा प्रहरीले उनीहरूलाई घेरा हाल्दा प्रधानाध्यापक भण्डारीलाई छाडेर भागेका थिए।

त्यतिबेला प्रहरीले २० वर्षीय प्रतिमा परियारलाई पक्राउ गरेको थियो। त्यस्तै, भदौ १४ गते प्रहरीले अन्य सात जनालाई पक्राउ गरेको थियो।

प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ, ४९ वर्षीय रूद्र बहादुर राउत, १९ वर्षीय विवेक थापा, सुशान्त राई, २५ वर्षीय कल्याण, २१ वर्षीय धन बहादुर श्रेष्ठ, २४ वर्षीय पुर्ण शेर्पा र २० वर्षीय प्रतिमा परियार छन्।

प्रहरीले उनीहरूबाट बम, बम बनाउने सामग्री, रसिद लेटरलगायत सामग्री समेत बरामद गरेको थियो।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post