सैलुन संचालक आफ्नै कार्य कक्षभित्र मृत अवस्थामा भेटिए

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौं । बुद्धनगरमा संचालित एक सैलुनका सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन् ।

ठाकुरको शव मुखमा रगत आएर लडेको अवस्थामा सैलुन भित्रै आज विहान ९ बजे फेला परेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि लगिएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post