आफ्नै काकीको हत्यारा निर्मल प्रहरी हिरासतमा

 कोरखबर   २१ भदौ, २०७७



ललितपुर । भदौ १७ गतेको अल्का अस्पतालकि कर्मचारी हत्याकाण्डमा गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान दिएका हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको बताए ।

१७ भदौमा अस्पताल जान्छु भनेर घरबाट निस्किएकी गिता अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । गीतासङ विवाद भएको र आफूले घाँटी थिचेर उनले हत्या गरेको निर्मलले बताएका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post