रामेछापमा किशोरद्धारा आत्महत्या !

 कोरखबर   २१ भदौ, २०७७



२१ भाद्र, रामेछाप । रामेछापको मन्थली नगरपालिकाका एक किशोरले आत्महत्या गरेका छन्। मन्थली नगरपालिका(५ सुनारपानीका १७ वर्षीय मिलन नेपालीले आफ्नो घरको कोठामै पासो लगाएर आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

सुन्दर नेपालीका छोरा मिलनले आफ्नै घरको भुईँतलामा गलबन्दीको पासो लगाएर गएराति आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए । परिवारले मिलन झुण्डिएको देखेपछि बिहान ७ बजे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए। 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post