छुरा प्रहार गरि आफ्नै बाबु आमालाई हत्या गर्न खोज्ने छोरा पक्राउ

 कोरखबर   २१ भदौ, २०७७



काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको झ्याङ्गाझिटीमा ३२ वर्षको श्री तामाङले आफ्नै बाबु आमालाई छुरा हनेका छन ।

मादक पदार्थ सेवन गरि शनिवार राति छुरा प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाएका हुन ।

घटनापछी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार गरिएको थियो  ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post