बागलुङमा बाढी-पहिरोमा परी १६ जनाको मृत्यु

 कोरखबर   २० भदौ, २०७७



बागलुङ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

आज दिउँसो बडीगाड गाउँपालिका वडा नम्बर-५ मा बडिगाडखोलाको किनारमा दुईओटा शव फेलापरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

बाढी-पहिरोमा परेका २२ जना अझै बेपत्ता छन् । नेपाली सेना र नेपाल प्रहरीको टोलीद्वारा उनीहरुको भइरहेको छ ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post