अल्का अस्पतालको महिला कर्मचारीको हत्या, शव ललितपुरको लेलेमा भेटियो

 कोरखबर   २० भदौ, २०७७



काठमाडौं । ललितपुरको अल्का अस्पतालमा कार्यरत कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । हत्यापछी उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो ।

हत्याको आरोपमा भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा अनुसन्धान  थालिएको छ ।

घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी परेपछि प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार हत्याको कारणबारे अनुसन्धान भइरहेको छ । शव पोस्टमार्टमका गरिदै छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post