आफ्नै सहयत्री साथीले गुडिरहेको मोटरसाइकलका चालकलाई पछाडिबाट घाँटी रेटेर हत्या

 कोरखबर   २० भदौ, २०७७



काठमाडौं । आफ्नो साथीले छुरा प्रहार गरि झापामा एक ब्याक्तीको हत्या गरेका छन । लिम्बु र गोमन साथी रहेको प्रहरीले जनाएको छ ।

१७ भदौमा झापाको शिवसताक्षी नगरपालिका– ११ स्थित सताक्षीधाम सडकको किनारमा गोमनको शव घाटी काटिएको अवस्थामा फेला परेपछी १ नम्बर प्रदेश प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी ईकाई कार्यालय धरानको संयुक्त सहकार्यमा  कुकुर झिकाई अभियुक्तको खोजी गरिएको थियो ।

खोजीका क्रममा पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ । अनुसन्धानको क्रममा लिम्बूले मोटरसाइकल चलाक गोमनको घाटिमा छुराले रेतेर हत्या गरि शव र मोटरसाइकललाई एकान्त ठाउमा लगेर फलेको स्वीकार गरेका छन मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ जयान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकाले जन्मकैद सम्मको सजाय हुने कानुनी व्यवस्था छ ।

प्रारम्भिक अनुसन्धानले घटनाको कारण आर्थिक लेनदेन देखिएको झापाका डीएसपी राकेश थापाले बताए । डीएसपी थापाका अनुसार दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको हो । आर्थिक लेनदेन कारोबारमा असमझदारी भई मनमुटाव देखिएको अनुसन्धानबाट खुलेको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post