धरहरा पुनर्निर्माण कार्य सप्पन्न गर्न निर्माण कम्पनीको अबधि थप गर्न माग ।

 कोरखबर   १९ भदौ, २०७७



काठमाडौं ।काठमाडौंको धरहराको पुनर्निर्माण कार्य  निर्धारित समयमा नसकिने भएपछि ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ ।

आगामी असोजको तेस्रो सातासम्ममा काम सम्पन्न गर्नुपर्छ भन्ने सम्झौता आनुरुपको कार्य नसकिने भए पछी समय थप गरिएको हो । हालसम्मा ४१ दशमलब ५ प्रतिशत मात्र काम भएकाले अब तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था नभएकाले समय थप गर्न लागिएको हो ।
 
निर्माण कम्पनीले एक वर्षको लागि समय माग गरेको छ । तर कति भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीकै माग र आवश्यकता अनुरुप समय थप गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

निर्माणको क्रममा अहिलेसम्मा १३ तलाको काम सम्पन्न भइसकेको र १४ तलाको काम भइरहेको छ ।  निर्माणका लागि हालसम्मा रु एक अर्ब १३ करोड सकिएको पनि मानन्धरले जानकारी दिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post