अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या !

 कोरखबर   १९ भदौ, २०७७



१९ भाद्र, काठमाडौं ।  आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post