धादिङ् घट्ना : अभियुक्त हत्यापछि टाउको बोकेर प्रहरीमा पुगे !

 कोरखबर   १९ भदौ, २०७७



१९ भदौ, धादिङ्। धादिङ्को निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् ।

हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको छ । धादिङ्गमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्मसमर्पण गरेको पहिलो घटना हो ।

गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post