धनुषामा बाख्रा चराउन गएकी किशोरीमाथी बलात्कार !

 कोरखबर   १८ भदौ, २०७७



१८ भदौ,जनकपुर – धनुषामा बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरीमाथी बलात्कार भउको घट्ना सार्वजनिक भएको छ।  प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी घर नजिकैको फुलबारीमा बाख्रा चराउन गएका बेला बलात्कृत भएकी हुन् ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीका अनुसार भदौ १५ गते सोमबार बिहान उनि घरबाट नजिकैको फूलबारीमा बाख्रा चराउन गएकी थिईन , उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेका थिए ।

प्रहरी निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेका हुन् ।

पीडित पक्षले घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न आरोपमा ३ जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post