बुहारी हत्याको आरोपमा जेठाजु पक्राउ !

 कोरखबर   १८ भदौ, २०७७



१८ भदौ, काभ्रे । बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा काभ्रेमा प्रहरीले जेठाजुलाई पक्राउ गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठाजुलाई पक्राउ गरिएको जनाएको छ ।

काभ्रेका प्रमुख एसपी रवीराज पौडेलका अनुसार, बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना ९अधिकारी०लाई धारिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, अधिकारीले आँगनमा भाडा माझिरहेको बेला बुहारी रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए । घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post