ढोरपाटन बाढी अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, ४० बेपत्ता !

 कोरखबर   १८ भदौ, २०७७



१८ भदौ, बागलुङ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका - ९ बोबाङमा निरन्तरको बर्षा संगै भूजीखोलामा आएको बाढीमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले झण्डै ४० जना वेपत्ता भएको जानकारी पाएको बताउनुभयो । वेपत्ता भएकाहरुको संख्या अझै बढ्न सक्ने प्रनाउ रेग्मीको भनाई छ ।

प्रहरीका अनुसार बाढी पहिरोमा झण्डै ३१ घर पुर्ण रुपमा क्षति भएका छन् । बुधबार मध्यरातमा भुजीखोलामा आएको बाढीले जनधनको क्षति हुनुका साथै विद्युत गृह, झोलुङगे पुल एवं विद्यालय पनि बगाएको बोबाङका स्थानीयबासीहरुले बताएका छन् ।

बुर्तिबाङ प्रहरी चौकीका प्रमुख प्रकाशसिंह भण्डारीले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म छुने ठाडो खोला भएकाले पनि उद्धारमा कठिनाई भएको  बताउनुभयो । अहिले स्थानीयबासी, नेपाल प्रहरी एवं नेपाली सेनाको टोलीले उद्धारमा लागेको बताइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post