भाद्र १७ सम्म लम्बियो काठमान्डौ उपत्यकाको निषेधाज्ञा

 कोरखबर   १० भदौ, २०७७



काठमाण्डाै – काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा पुन: एक हप्ता थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आज राति सकिँदै थियो । काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएकाले एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।

यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् । काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ ।

काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post