कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री ओलीले विज्ञसँग परामर्श गर्दै

 कोर खबर   २० सावन, २०७७



साउन २०,काठमाडौं– कोरोना संक्रमण बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि ठोस निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग परामर्श गर्दै हुनुहुन्छ । 

लकडाउन खुलेसँगै समुदायस्तरमै संक्रमण फैलिएर भयावह अवस्था आउन सक्ने चिन्ता बढ्न थालेसँगै कोभिड(१९) विरुद्धको सरकारी रणनीति तय गर्न प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो । आज विज्ञहरूबाट आएको सुझावको आधारमा कोरोना भाइरसको बढ्दो संक्रमणको के(कसरी नियन्त्रण गर्ने योजना बन्‍ने बताइएको छ। 

यसभन्दा अघि पनि प्रधानमन्त्रीले दुईपटक कोभिड(१९) रोकथाम, उपचार तथा नियन्त्रणका लागि विज्ञहरूसँग परामर्श गरेका थिए। 

११ चैतबाट लागू गरिएको लकडाउन ७ साउनबाट हटाइएको थियो। लकडाउन हटाइएसँगै छोटो दूरीको सार्वजनिक सवारीसाधान, होटलरव्यवसाय खुला गरिएको थियो। संक्रमणको जोखिम रहिरहँदा सर्वसाधारणमा लापरवाही बढेको टिप्पणी हुन थालेको छ। सार्वजनिक स्थलहरूमा भीडभाड बढेको छ। 

अझ १ भदौबाट लामो दूरीका सवारीसाधन र हवाई सेवा सञ्‍चालन गर्ने सरकारको तयारी छ। तर, नयाँ संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि पुनस् लकडाउन गर्नुपर्ने आवाजहरू पनि उठ्न थालेको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post