८० हजार घुससहित बाराबाट सब-इन्जिनियरसहित दुई पक्राउ

    ५ सावन, २०७७



साउन ५, सिमरा : जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब–इन्जिनियरसहित दुई जनालाई ८० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र चन्दन जैसवाललाई ८० हजार घुससहित आयोगको हेटौडा कार्यालयको टोलीले आइतबार साँझ  पक्राउ गरेको हो। सब ईन्जिनियर जैशवालले नदि तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपश्चात  रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुसस्वरूप ८० हजार रुपयाँ लिई भाग्न खोज्दा दुबै जना कलैया नगरपालिकामा रहेको घरबाट पक्राउ परेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कलैया उपमहानगरपालिका-१५ मा रहेको पसाहा खोला नियन्त्रणका लागि जाली बोल्डर गर्न २० लाखको ठेक्कामा सव इन्जिनियर जैसवालले ठेकदारसँग सेयर मागेको र सो प्रस्तावलाई ठेकदारले अस्विकार गरेपछि ४ लाख रुपैयाँ घुस मागेको र सो पनि दिन नसक्ने जवाफ दिएपछि २० लाखको योजनाको ९ लाख ९५ हजार रुपैयाँ  मूल्यांकन गरेको र त्यसमा पनि १ लाख रुपैयाँ घुस मागेर सेवाग्राहीलाई दु:ख दिएको सेवाग्राहीले जनाएका छन्। अख्तियारले केही दिनदेखि सब इन्जिनीयर जैयसवालमाथि निगरानी बढाएको थियो।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post