कोरोना विरुद्ध लड्न रोनाल्डो र उनको एजेन्ट्को १ मिलिएन युरो सहयोग

    २४ चैत, २०७६



पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न र संक्रमितहरूको उपचारमा सघाउन सहयोग प्रदान गरेका छन् । उनको सहयोगमा पोर्चुगलकै फुटबल एजेन्ट जोर्गे मेन्डेजले पनि सघाएका छन् । उनी रोनाल्डोका पनि एजेन्ट हुन् ।

पोर्चुगलको सरकारी मिडियाले सो सहयोग रोनाल्डो र मेन्डेजले पोर्चुगलमा खर्च हुने गरी घोषणा गरेका बताएका छ्न । १ मिलियन युरो अर्थात करिब १३ करो २० लाख नेपाली रकम सहयोग पोर्चुगलका प्रमुख सहर पोर्टो र लिस्बनका हस्पिटललाई प्रदान गरिएको छ ।

रोनाल्डोले आफूहरूको सहयोग रकमले लिस्बन सहरस्थित सान्ट मारिया हस्पिटल र पोर्टोस्थित सान्ट एन्टोनियो हस्पिटलमा आइसियु र अन्य उपकरण खर्च हुने बताएका छन् ।

यसबाहेक रोनाल्डोले इटालीमा पनि आर्थिक सहयोग घोषणा गर्ने तयारी गरेका छन् । इटालियन क्लब युभेन्टसबाट खेलिरहेका उनले आफ्नो क्लब रहेको सहर क्षेत्रका लागि विशेष प्याकेज सहयोग घोषणा गर्ने बताइएको छ । अहिले युरोपियन क्षेत्रमा इटाली कोरोनाबाट सबैभन्दा बढी आक्रान्त छ ।

 

कोरोनाविरुद्ध लड्न रोनाल्डोसँगै स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र स्पेनिस म्यानेजर पेप गवर्डिओलाले एकैदिन सहयोग घोषणा गरेका हुन् । मेस्सीले स्पेन र अर्जेन्टिनामा खर्च गर्ने गरी कूल एक मिलियन सहयोग गरेका छन् भने ग्वार्डिओलाले स्पेनमा खर्चने गरी १ मिलियन सहयोग गरेका छन् । त्यसअघि जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले पनि १ मिलियन युरो सहयोग गरिसकेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post