पोर्चुगलमा एक्कै पटक आठ नेपालीमा कोरोना सङ्क्रमण

 कोरखबर   २४ चैत, २०७६



 उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएकाे २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनीहरुमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलकाले जनाएको छ।

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

त्यही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा काेराेनाकाे सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गर्नुभएको छ । उहाँले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post