नेपाली कांग्रेसको देउवा समूहका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा गरेका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटनका लागि देउखुरी आएका देउवा सोही क्रममा दर्शनका लागि स्वर्गद्वारी पुगेका हुन्।
आश्रम पुगेका सभापति देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या र आश्रमको धार्मिक तथा ऐतिहासिक महत्वका विषयमा जानकारी गराएका थिए।

दर्शन तथा पूजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्यूठान कांग्रेसका सभापति देवेन्द्रसहित जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।