नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ।
सरकारले आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि कार्कीले पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए।

यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। गत ७ मंसिरमा नयाँ आईजीपी डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएपछि सुनुवाइ सरेको थियो।
गत १८ कात्तिकमा सरकारले कार्कीलाई हटाएर उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।