मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, मौसमविद् भन्छन् : एक-दुई दिनमै वर्षा हुन्छ !

 कोरखबर   ३ सावन, २०७९



३ साउन, काठमाडौं । मौसमविद्ले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरूले केही दिनयता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।

मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन् । मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ ।  उनले मनसुन न्यून चापीय रेखा एक, दुई दिनभित्रमै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताइन् ।

उनले भनिन्, – ‘तापक्रम बढको महशुस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शितल अनुभव गर्नसक्छौँ । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो एकरदुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ । मनसुन न्यूनचापिय रेखा यो माथि आउनेबित्तिकै हाम्रोमा पनि वर्षा देखिन्छ ।’

उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताइन् । हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्ले बताएका छन् । हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको उनीहरूको बताइन् । 

मौसमविद् पोखरेलले प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् । 

उनले भनिन्, ‘मधेस प्रदेश, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सरदरभन्दा बढी नै वर्षा देखिएको छ । लुम्बिनी प्रदेशको बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ । अहिलेसम्मको स्थितिमा ।’

उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गरिन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post