अबको केही दिन मनसुन निस्क्रिय रहने !

 कोरखबर   ८ असोज, २०७८



असोज ८,काठमाण्डौ । अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो ।

राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्ली मात्र भएर कतैकतै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post