सरकार, सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन : राप्रपा अध्यक्ष लिङदेन

 कोरखबर   २४ मंसिर, २०७८



२४ मङ्सिर, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आम नागरिकबीच राजनीतिमा वितृष्णा जागेको बताएका छन् । कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता लिङदेनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकार, सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन । यसलाई ठिक लगाउने राजनीतिक ठिक छैन । आज नेताप्रति जनताको विश्वास मरेको छ।’

उनले कांग्रेस नेपालको जेठो राजनीतिक दल भन्दै महाधिवेशनको पूर्णसफलता व्यक्त गरे। उनले भने, ‘२०४७ पछि देशमा बनेका कुनैपनि सरकारले कुनैपनि कार्यकाल पूरा गर्न सकेनन् । नफुटेको कुनै दल भएनन् । कान्छो दल विवेकशिल फुट्यो ।’

उनले राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसद्ले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरेर जान सल्लाह दिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post