राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्रीमा निर्वाचन हुँदै !

 कोरखबर   १७ मंसिर, २०७८



मंसिर १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा उम्मेदवारी दर्ता सुरू भएको छ। निर्वाचन समितिका अनुसार शुक्रबार ११ बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको हो।

निर्वाचन समितिका सहसंयोजक तोरणबहादुर गुरूङका अनुसार उम्मेदवारी दर्ताको समय १ बजेसम्म जारी रहने छ। त्यसपछि उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ। अपराह्न ५ बजेसम्म दाबी विरोध र फिर्ताको समय तय गरिएको उनले जानकारी दिए।

अपराह्न ५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ। उम्मेदवारको अन्तिम सूची प्रकाशनसँगै शुक्रबारका लागि सबै कार्यक्रम सकिनेछन्। त्यसपछि शनिबार बिहानबाट मतदानको कार्यक्रम राखिएको गुरूङले बताए।

राप्रपा महाधिवेशनमा चार हजार चार सय ७१ जना मतदाता छन्। 

राप्रपा पदाधिकारीमध्ये अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्रीका लागि निर्वाचन हुने भएको छ।  एक सय ९९ सदस्यीय केन्द्रीय कार्य समितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।

सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच भिडन्त हुँदैछ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post