६ हजार २९९ रुपैयाँमा लामो समय ब्याट्री टिक्ने नोकियाको ६३१० मोडेल बजारमा !

 कोरखबर   १ मंसिर, २०७८



मंसिर १, काठमाडौँ । लामो समय ब्याट्री टिक्ने नयाँ नोकिया ६३१० फोन बजारमा आएको छ । पोलीकार्बोनेट सेलको मद्दतले नोकिया ६३१० लाई बलियो बनाएको कम्पनीको दावी छ ।

यस फोनले २.८ इन्च स्क्रिनको साथ ओरिजिनल र आइकोनिक सिल्हूटलाई प्रस्तुत गरेको छ । जसमा लामो समय टिक्ने ब्याट्री, कडा र बलियो संरचना र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध छ ।

नोकिया ६३१० लाई पुनस्आविष्कार गरिएको हो । अहिलेको स्क्रिन टाइमलाई पहिलेभन्दा धेरै सहज बनाइएको कम्पनीको दावी छ । ठूला पुस बटन र एम्पल डिस्प्ले प्रयोग भएकाले सहज रुपमा मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै फेला पार्न सकिने छ ।

एक हप्ता दिनसम्म टिक्ने ब्याट्री लाइफको क्षमता यसमा रहेको कम्पनीले जनाएको छ । पटक पटक चार्ज गर्नुपर्ने झन्झट यसमा रहने छैन । नोकिया ६३१० नेपालमा गाढा हरियो र पहेँलो रंगमा उपलब्ध छ । यसको नेपाली मूल्य ६ हजार २९९ रुपैयाँ तोकिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post